पल शाहको मोबाइलको यो ठाउँको लोकेसन फेला परेपछि प्रहरी पुग्यो




काठमाडौं ।

आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज भएको छ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् ।

चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् । तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राऊ पर्ने बुझिएको छ ।

पल शाहमाथि गायिका समिक्षा अधिकारीले लगाएको आरोप लगाएर प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । यसलाई पल शाहले अस्वीकार गरेका छन् । तनहुँ जिल्ला प्रहरी कार्यालयमा ११ फागुनमा दर्ता भएको उजूरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पल शाह प्रहरीको सम्पर्कमा रहेको र उनी कुनै पनि बेला अनुसन्धानका लागि पक्राऊ गरी हिरासतमा राखिने बुझिएको छ । सम्भवतः उनी आज नै पक्राऊ पर्ने बुझिएको छ ।

सम्पर्क विहिन भएका पलको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ । उनी काठमाडौको शान्तिनगरमा परिवार सहित बस्दै आएका थिए । तर पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि उनले घर छाडेका छन् । उनको मोबाइलसमेत स्वीच अफ छ ।

उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अ परा ध महाशाखाको टोली सक्रिय छ । उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिए पछि खोजीका लागि प्रहरी त्यहाँ पुगेको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए । प्रहरी टोली बालकुमारी पुगे पनि उनी फेला परेनन् ।

नायिका पूजा शर्माले चलचित्र सिनेमाघरमा आएको भन्दै एउटा प्रकरणले सिंगो चलचित्रलाई असर गर्न नहुने बताएकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्