देउवा नेपालबीच के भयो कुराकानी ? देउवा भेटेपछि पार्टीका शीर्ष नेतालाई बोलाए




काठमाडौं । प्रधानमन्त्री शेर वहादुर देउवालाई भेटेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेपछि आफ्ना पार्टीका नेताहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ। उनी आफ्नो कार्यक्रम आधा छोडेर कैलालीवाट काठमाडौ आएका छन् ।

एमसीसीकै कारण गठबन्धन भत्कन सक्ने अवस्था आएपछि उनी आधा कार्यक्रम छोडेर आएका हुन् । देउवाले एमसीसी जसरी पनि पास गराउन ओलीसंग हात मिलाउन पुगेपछि प्रचण्ड र नेपाल झस्किएका हुन् । यस्तो अवस्थामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई के गर्ने भन्ने विषयमा नेपालले छलफल अघि बढाएका हुन्।

एकीकृत समाजवादीमा पार्टीका नेताहरु एमसीसीको विपक्षमा लाग्दा सरकारमा सहभागि मन्त्रीहरुले भने एमसीसी पास गर्नुपर्ने बताइरहेका छन्।
एमसीसीमा मध्यमार्गी विकल्पका बारेमा समेत छलफल भइरहेको छ। यसअघि सरकारमा सहभागी दल एकीकृत समाजवादीले पनि एमसीसीमा आफ्नो अडानलाई यथावत राखेर सत्ता गठबन्धनलाई जोगाउने निर्णय गरेको थियो।

देउवाले गठबन्धनमा एसमीसी पास गर्न साथ नमिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर भए पनि एमसीसी पास गर्ने गृहकार्य गरिरहेका छन्। आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतवारसम्मका लागि स्थगित भएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्