विमानस्थलमा यति गम्भिर घटना भएपछि छानविन गृहमन्त्रालयले बनायो छानविन समिति




काठमाडौ । काठमाडौ स्थित अन्तराष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगे पछि त्यो विषयले विमानस्थल सुरक्षामा प्रश्न उठेको छ । एक महिनाको समयमै एकै ब्यक्ति दुई पटक विमानस्थल भित्र प्रवेश गरेका हुन् । एकै ब्यक्ति दोस्रो पटक विमानको ढोकैमा पुगेपछि भने विमानस्थल सुरक्षाले यो विषयलाई गम्भिर रुपमा लिएको छ ।

पहिलो पटक मानसिक सन्तुलन ठिक नभएको ठानेर छोडिएका ति ब्यक्ति अघिल्लो सोमवार फेरी विमानको ढोकैमा पुगेका थिए । उनी नियमित ग्राहक जाने ढोका वा बाटोवाट नभई तारजाली नाघेर गएको हुनसक्ने बताइएको छ । यति गम्भिर घटना भएपछि गृह मन्त्रालयले समिति बनाएको छ। अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको हो।

विमानस्थलको सुरक्षा व्यवस्था, विभिन्न निकायको कार्य विभाजन, कमजोरी र सुधारका उपायका सम्बन्धमा समितिलाई ७ दिन भित्रमा प्रतिवेदन पेश गर्न भनिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिए।

फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको विमानमा कागजात विनै एक यात्रु पुगेका थिए। विमानस्थल सुरक्षा संवेदनशीलतामा लापरबाही भएको भन्दै अन्य निकायले पनि छानविन गरिरहेका छन्।

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कमाण्डरलाई निलम्बन गरिसकेको छ। उक्त घटना छानबिन गर्न नायब महाप्रबन्धकको संयोजकत्वमा छानबिन समिति बनाइसकेको निगमले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्