डा. केसीले युक्रेनमाथि रुसी आ’क्रमणको गरे विरोध, भने– पुटिन २१औं शताब्दिको हिटलर




काठमाडौं :

चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दिको हिटलरको संज्ञा दिएका छन् ।पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आ’क्र’मण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘एकाइसौं सताब्दीको हिटलर पुटिन । हिटलर भन्दा पनि क्रु’र । संसारभरीका सबैले यसको घोर विरोध, भत्र्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा.केसीले भनेका छन् ।

 

आफू प्युठान जानेक्रममा गुल्मीरहेको जनाउँदै उनले आ’क्र’म’णको समाचारले आ’हा’त भएको बताएका छन् ।

‘रुसले यूक्रेनमाथि गरेको यु’द्ध अ’परा’धको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न समाचार माध्यमवाट अवगत भयो । एकाइसौं सताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिदैन,’ उनले भनेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्