फिल्म ‘गंगुबाई काठियावाडी’ फिल्मवाट आलियाले लिएकी छन् यति धेरै पारिश्रमिक




काठमाडौं । बलिउड चलचित्र गंगुबाई काठियावाडी शुक्रबार रिलिज भएको छ । यद्धपी यो फिल्म रिलिज हुनु अगावै विवादित बनेको छ । आफुहरुलाई वास्तविक गंगुवाईको परिवार दावी गर्नेहरुले फिल्ममा गंगुवाईको चरित्र फिल्ममा गलत तरिकाले उठाएको भन्दै अदालतको ढोका ढकढक्याएका छन् । फिल्म रिलिज हुन नहुने र भए पनि नाम परिवर्तन गर्नुपर्ने माग राखिएको थियो ।

तर सर्वोच्चले फिल्म रोक्नुपर्ने कुनै जायज कारण नभएको भन्दै फैसला सुनाएपछि बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ रिलिज भएको छ । यो फिल्मबाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ ।

सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् ।

चलचित्रमा अजय देवगणको केमियो भूमिका छ । केमियो भूमिकाका लागि मात्र अजयले ११ करोड पारिश्रमिक लिएको समाचारमा उल्लेख छ । यस्तै चलचित्रकी अर्की अभिनेत्री हुमा कुरेसीले चलचित्रका लागि दुई करोड पारिश्रमिक लिएकी छन् । आलियाले करिअरकै सबैभन्दा उत्कृष्ट अभिनय गरेको चलचित्र भनेर समीक्षकहरुले प्रतिक्रिया दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्