पल शाहलाई सिध्याउन भनेर हात धोएर लागिपरिरहेका दुर्गेशलाई लाग्यो कडा धक्का, धमाधम महोत्सब र कार्यक्रमबाट हटाउन थालियो




काठमाडौं ।

चर्चित अभिनेता पल शाहलाई सिध्याउन भन्दै हात धोएरै लागिपरिरहेका गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ ।

अभिनेता पल शाहको केसमा दुर्गेशले योजना नै बुनेर पलविरुद्ध चालेको कदमपछि उनलाई आज रबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’बाट हटाइएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको महोत्सवमा दुर्गेशले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको भएता पनि उनको पछिल्लो गतिविधिसहितको अडियो भाइरल बने लगत्तै उनलाई कार्यक्रमबाट हटाइएको आयोजकले जनाएको छ ।

महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीका अनुसार अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने भएकाले यो निर्णय लिइएको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रममा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्