पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर हल पुगेकी पुजाले यसो भनिन्न् :




काठमाडौं ।

प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेपछी सबैको ध्यान पुञ्ज तिर तानिएको छ । आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी छिन।

अहिले पल शाह गम्भीर विवादमा मुछिएपछि पुजालाई तनाव भएको हो । कलाकारका स्क्यान्डलले कहिले फिल्मको व्यापारलाई मद्दत गर्छन् त कहिले हानी पुर्याउँछन् । कतिपय चलचित्रका निर्माता–निर्देशकले फिल्म रिलिज हुँदा चर्चाका लागि बनावटी स्क्यान्डल पनि खडा गरिरहेका हुन्छन् । तर, पल जुन प्रकारको स्क्यान्डलमा मुछिएका छन्, त्यसले चलचित्रको व्यापारमा धक्का पुग्ने चिन्ता पुजाको छ ।

चलचित्र रिलिज हुन ४ दिन मात्र बाँकी छ । तर, मिडियामा आइरहेका विवादले पल शाह पहिलेझैं खुलेर फिल्मको पब्लिसिटीमा उत्रिन सहज छैन । अर्कोतर्फ उनको इमेजमा पनि गम्भीर क्षति पुगेको छ ।

‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन् । पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए ।

जवाफको प्रश्न उत्तरमा पूजाले दिएको जवाफ –
‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो । पुजाबिना पल अधुरो छ । पलबिना पुजा अधुरो छ । फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ । मेरो साइडमा उभिएको छ । मलाई साथ दिइरहेको छ । मेरो काँधमा यसो गरिरहेको छ ।’

उनले थपिन्, ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पीडा मलाई थाहा छ । प्रेमगीत-२ मा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको होला ? उसको फिलिङ्स के होला ? आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं । यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’ ‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्