कश्मीरी भाषाको संरक्षणका लागि सांस्कृतिक कार्यक्रम




अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा कश्मीरी भाषाको संरक्षण, प्रवर्द्धन गर्न श्रीनगर मा सांस्कृतिक प्रदर्शनी PAGAH आयोजना गरियो । यस कार्यक्रम सांस्कृतिक समूह भोमेदले आयोजना गरेको थियो । कश्मीरी पण्डितहरू र इस्लामहरू दुवै पक्षका नाटक र हाँस्यप्रदर्शन गरिएको यस कार्यक्रमले कश्मीर उपत्यकामा बन्धुत्व फैलाउने लक्ष्य लिएको थियो ।

हरेक वर्ष फेब्रुअरी २१ मा मनाइने विश्व मातृभाषा दिवसको उपलक्ष्यमा कश्मीरी भाषाको संरक्षण, प्रवर्द्धन गर्न श्रीनगर मा सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।

आयोजक संस्थाका उप सभापति भारती कौलले मातृभाषा नै समाजको मेरुदण्ड भएको र यसलाई कश्मीरमा मात्र नभई अन्य प्रान्तहरूमा पनि प्रवर्धन गरिनुपर्ने बताइन । उक्त अवसरमा अन्य थुप्रै सांस्कृतिक कार्यक्रमहरू र अनलाइन कार्यक्रमहरू पनि आयोजना भएका थिए । आयोजक संस्था भोमेद पछिल्लो १३ वर्ष देखि जम्मु र कश्मीरमा कश्मीरी भाषाको संवर्धनका लागि परेको सामाजिक संस्था हो ।

कार्यक्रममा उपस्थित दर्शक तारिख अहमदका अनुसार यूनिफाइड टेरिटोरी जम्मु र कश्मीरमा यस्ता कार्यक्रमले इस्लाम र कश्मीरी पण्डितहरू दुवै पक्षमा भातृत्व बढ्ने भन्दै आयोजकको प्रशंसा गरे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्