CPEC समितिले पाकिस्तानी नौसेनाको कब्जामा रहेको ग्वादरको २० एकड जमिन आ’त्मसमर्पण गर्‍यो: रिपोर्ट




पाकिस्तानको CPEC परियोजनामा रहेको परिषद् समितिले बन्दरगाह सहर ग्वादरमा रहेको २० एकड प्राइम जमिन आफ्नो नौसेनाको पक्षमा समर्पण गरेको हो । उक्त जमिन नौसेनाले सुरक्षा कारणहरू भन्दै खाली गर्न अस्वीकार गरेपछि परियोजनाले जमिनलाई नौसेना समक्ष समर्पण नै गरिदिएको हो ।

यसबाहेक, CPEC समितिले फेरि पाकिस्तानी नौसेनालाई थप 52 एकड जमिन खाली गर्न भनेको छ, एक्सप्रेस ट्रिब्यून अखबारको रिपोर्टमा भनिएको छ। यसरी जमिनमाथि नौसेनाको कब्जाले ग्वादर बन्दरगाहको काममा बाधा पु¥याएको उल्लेख गरिएको छ ।

हाल नौसेनाको कब्जामा रहेको जग्गा नोभेम्बर २०१५ मा चाइना ओभरसिज पोर्ट होल्डिङ्स कम्पनी लिमिटेड ९सीओपीएचसीएल० सँग भएको सहुलियत सम्झौताको अंश हो। यसअघि, ऋएभ्ऋ समितिले २० एकड जमिन राख्न अनुमति दिनुपर्ने पाकिस्तानी नौसेनाको निवेदनलाई स्वीकार गरेको थिएन।

पाकिस्तानका योजना मन्त्री असद उमरले एक्सप्रेस ट्रिब्यूनलाई “ूजबसम्म चिनियाँ ठेकेदारहरू सहमत हुँदैनन्, तबसम्म जग्गा पाकिस्तानी नौसेनालाई दिन सकिँदैन” सम्म भनेका छन् । फेब्रुअरी २०२१ मा, CPEC समितिले विभिन्न मन्त्रालयहरूलाई ठद्द एकड प्राइम ग्वादर जग्गा खाली गर्न निर्देशन दिएको थियो।

पाकिस्तानी अखबारका अनुसार, जग्गा खाली गर्नमा भएको ढिलाइले ग्वादर बन्दरगाहको पूर्ण कार्यसम्पादनका लागि अत्यन्तै महत्त्वपूर्ण परियोजनाहरूको काममा ढिलाइ भइरहेको छ । सन् २०१५ मा चीनले पाकिस्तानमा ४६ अर्ब अमेरिकी डलरको आर्थिक परियोजना घोषणा गरेको थियो। CPEC मार्फत, बेइजिङले संयुक्त राज्य अमेरिका र भारतको प्रभावलाई रोक्न पाकिस्तान र मध्य र दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ।

CPEC परियोजनाले अरब सागरमा रहेको बलुचिस्तानको पाकिस्तानको दक्षिणी ग्वादर बन्दरगाहलाई चीनको पश्चिमी सिनजियाङ क्षेत्रसँग जोड्नेछ। ९एएनआई)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्