युक्रेनको राजधानी पुगे रूसी सैनिक




एजेन्सी, काठमाडौं :

रुसी सेना राजधानी किभतर्फ अघि बढिरहँदा रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले यस्तो जनाएको बीबीसीले उल्लेख गरेको छ ।

किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए । सरकारले रुसी फौजसँग प्रतिवादका लागि ह’ति’या’र बो’क्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले उल्लेख गरेको छ ।

यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाएको छ । रुसले बिहीबार बिहानबाट युक्रेनमा आ’क्र’म’ण था’लेको थियो ।

यु’द्ध सुरू गरेको दोस्रो दिन रूसी सैनिकहरू युक्रेनको राजधानी किएभ पुगेका छन्। द न्युयोर्क टाइम्सका अनुसार शुक्रबार साँझ रूसी सैनिकहरू किएभ सहरको उत्तरी जिल्लामा आइपुगेका हुन्।

अधिकारीहरूले रूसी सैनिकहरू आइपुगेको क्षेत्रका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्। छिमेकी बेलारूसबाट पसेका रूसी सैनिकहरू किएभनजिक पुगेका हुन्।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यु’द्ध रोकेर वार्ताका लागि आह्वान गरेका छन्। उनको वार्ताको आह्वानलाई मस्कोले भने ठाडै अस्वीकार गरिदिएको छ।

शुक्रबार मस्कोमा पत्रकार सम्मेलन गर्दै विदेश मन्त्री सर्जेई लाभरोभले आफूहरूले जेलेन्स्कीको सरकारसँग कुनै वार्ता र सम्झौता नगर्ने बताए। पश्चिमाहरूको पिछलग्गु किएभको सरकारले आफ्नै नागरिकमाथि न’रसं’हा’र ग’रिरहेको उनको आरोप छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्