मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु




काठमाडौं :

मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा वडाध्यक्षको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष ३० वर्षीय नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

८ फागुनमा कार्की सवार सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले भेरीगंगा नगरपालिका–१२ मा ठ-क्क-र दिँदा कार्की गम्भीर घाइते भएका थिए।

उपचारको लागि उनलाई काठमाडौं ल्याएको थियो। शुक्रबार राति न्यूरो अस्पताल बासबारीमा उनको मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन्।

कार्की नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। कार्कीको निधनप्रति माओवादी केन्द्र सुर्खेतले दुःख व्यक्त गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्