काठमाडौंको न्युरो अस्पतालमा एक बरिस्ठ ब्याक्तिको निधन




सुर्खेत, १४ फागुन ।

सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।

फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठ’क्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।

टा’उ’कोमा ग’म्भीर चो’ट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चा’र्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

बिसं.२०४८ सालमा जन्मिएका कार्कीले माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा बिजयी भएको उनी भेरीगंगा नगरपालिकाको पार्टी सचिव रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्