महोत्तरीमा प्रेसर कुकर ब’म जस्तो शंकास्पद वस्तु फेला




महोत्तरी, १४ फागुन

महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले ब’म हुनसक्ने स्थानीयको आशंका छ ।

नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डि’स्पो’जल टोली घटनास्थलतर्फ गैइरहेको छ ।

वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।

झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले ब’म नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ । अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्र’सि’त बनेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्