पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्माता तथा निर्देशक थापा पक्राउ




काठमाडौं :

पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। बानेश्वर प्रहरी वृत्तले सोधपुछका लागि थापालाई नियन्त्रणमा लिइएको जनाएको छ।

सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ। एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएर फर्कने क्रममा थापा पक्राउ परेको बुझिएको छ।

शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो।थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो।

थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको बताइएको छ।

बुधबार कर ‘णीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ। शुक्रबारदेखि पल अभिनित फिल्म म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आएको छ। फिल्म प्रचारका क्रममा निर्माता थापा र अभिनेत्री शर्माले पलको पक्षमा बोल्दै आएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्