पल शाह नभेटिएपछि सुदर्शन थापा प्रहरीको नियन्त्रणमा, पुजा शर्मालाइ नियन्त्रणमा लिने प्रहरीको तयारी




काठमाडौं :

बुधवार कर णीको अरोपमा १७ वर्षिय नाबालिग गायिकाले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि फ’रा’र रहेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पल शाहको बारेमा सोधपुछका लागि प्रहरीले शनिवार नियन्त्रणमा लिएको जानकारी प्राप्त छ ।

सुदर्शन दिउँसो १ बजे प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिन पुगेका थिए । अन्तर्वार्ता सकिए लगत्तै प्रहरीले उनलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो । सुदर्शनको फोन समेत नियन्त्रणमा लिएर उनीसँग तिनकुने प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । अभिनेत्री पूजा शर्मालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिने तयारीमा प्रहरी छ ।

करणीको आरोपमा जाहेरी परेपछि प्रहरीले पललाई तीव्र रुपमा खोजिरहेको छ । प्रहरीले देशभरका प्रहरी कार्यालयमा उनलाई पक्राउ गर्न सर्कुलर समेत जारी गरेको छ । तर, तीन दिन वितिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् । प्रहरीका अनुसार, पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्