रुसद्वारा युक्रेनको प्रमुख बन्दरगाह नजिकैको मोलिटोपोल शहर क’ब्जा




काठमाडौं ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको प्रमुख बन्दरगाह मारिउपोल नजिकैको मोलिटोपोल शहरलाई नियन्त्रणमा लिएको बताएको छ ।

रुसले युक्रेनमाथि गत बिहीबार आ’क्र’मण शुरु गरेयता पहिलो पटक महत्वपूर्ण शहरमा क’ब्जा जमाएको हो । रुसले राजधानी शहर किभमा पनि शुक्रबारदेखि निरन्तर आ’क्र’मण गरिरहेको छ । यद्यपि युक्रेनको सेनाले त्यसको कडा प्रतिकार पनि गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मेलिटोपोल माध्यम आकारको शहर हो । यो शहर युक्रेनको दक्षिणी क्षेत्र जापोरिझयामा पर्छ । यो शहरको जनसंख्या करिब एक लाख ५० हजार रहेको अनुमान छ । यसैबीच फ्रान्सले युक्रेनलाई रुससँग ल’ड्न ह’ति’यार सहयोग पठाएको छ ।

युक्रेनका राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमार्फ फ्रान्सबाट ह’ति’यार सहयोग आइरहेको जानकारी दिएका हुन् । उनले अहिले यु’द्ध’विरोधी गठबन्धनको विकास भइरहेको उल्लेख गरेका छन् जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्यक्रोंसँग शनिबार बिहान वार्ता भएको जानकारी दिएका छन् । शनिबार म्याक्रोंले एक भिडियो सार्वजनिक गर्दै अब यु’द्ध सकिने र त्यसको लागि तयार रहनुपर्ने उल्लेख गरेका छन् । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्