पललाई थापेको पासोमा आफै परे दुर्गेस, बाहिरियो यस्तो अर्को भिडियो




काठमाडौँ ।

आँफु गायक हुँ भन्ने विषयमा आँफैलाई विश्वास नभएका व्यक्ति हुन् दुर्गेश थापा । न सुर न तालका गायकको आरोप लागेका दुर्गेशलाई लाखौँ व्यक्तिले त्यतिबेला चिने जतिबेला उनले नारयण गोपालको गीत भन्दै रामकृष्णको ओराली लागेको हरिणको चाल भो गाए ।

जब उनले रामकृष्णको ओराली लागेको गाए उनको करियर पनि त्यही मितिबाट ओरालो लाग्न थालेको अहिलेसम्म रोकिएको छैन । अनेक प्रपञ्च रच्न माहिर यी मोडलले पल शाहलाई आफ्नो साथी बनाए । नजिकिए र कहिल्यै नमिल्नेगरी टाढिए पनि । यस विचमा दुर्गेशले एक भिलियनको रोल खेलेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

पलले दुर्गेशलाई फसाउन गरेका अनेकन प्रपञ्चका अडियोहरु जब भाइरल बने त्यसपछि पिडित भनिएकी गायिकासँगको योजनाले पलभन्दा बढी विबादित दुर्गेशको समुह बनिरहेको छ । सामाजिक संजाल र समाचारहरुमा पल दोषी भए कारवाही हुनुपर्ने कुरामा धेरै सहमत छन् तर दुर्गेशको समुहलाई कारवबाही हुर्नेपर्ने कुरामा भने सबै एकमत छन् ।

पछिल्लो हप्ताका गतिविधि हेर्ने हो भने पल विरुद्ध गायिका, सरोज ओली, दुर्गेश, पलका म्यानेजर कृष्ण जोशी र गायक सम्राट चौलागाईको प्रपञ्चलाई पलले छताछुल्ल पार्नका लागि उनीहरुका आधा दर्जन अडियो काफी बने । यसबाट यो बुझ्न सकिन्छ की दुर्गेशले पललाई थापेको पासोमा आँफै फसे । र उड्न नसक्ने अवस्थामा छटपटाइरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्