खसालिएको विमानमा धेरै रुसी सैनिकको ज्यान गएको दाबी




 

युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू चढेको एउटा सैन्य विमान किएभनजिकै ख’सालिदिएको दाबी गरेको छ। उक्त दाबीको बीबीसीले स्वतन्त्र पुष्टि गरेको छैन भने यसबारे रुसले कुनै प्रतिक्रिया दिएको छैन। किएभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल-७६ एमडी सैन्य विमानलाई युक्रेनी ल’डा’कु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्नसक्छ। युक्रेनका सै’न्य कमान्डर जेनरल भ्यालरी जालज्नीले आफ्नो फेसबुकमा रुसी सैन्य विमान ख’सालेकोप्रति सङ्केत गर्दै सन् २०१४ मा युक्रेनी विमान ख’सालिएको घटनाको बदला लिइएको बताएका छन्। शनिवार रुसी सैन्य प्रवक्ताले युक्रेनमा गरिएको आ’क्र’मणमा मस्कोले कुनै मानवीय क्षति नबेहोरेको दाबी गरेका थिए।

रुसी सैनिकहरू युक्रेनको राजधानी तर्फ अघि बढेपछि शनिवार भएका मुख्य घटनाक्रमहरू यस्ता छन्:

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आ’क्र’मण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

पोल्यान्डले विश्वकप २०२२ का लागि रुससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ। यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन्।

रुसी आ’क्र’म’णविरुद्ध ल’डि’रहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई ह’ति’यार र अन्य सामाग्री पठाइरहेको छ। फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको छ। रुसी आ’क्र’मणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ।

किएभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका कारण क्षति पुगेको एउटा अपार्टमेन्ट भवनका थप तस्बिरहरू बाहिर आएका छन्। युक्रेनले आ’क्र’मणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्