अहिलेसम्म १९८ युक्रेनीको मृत्यु, युवा र सेनाहरु मैदानमा




किभ, १४ फागुन ।

युक्रेनमा रुसी सेनाले आ’क्र’म’ण ग’रे’पछि भएको घटनाका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि रहेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । पछिल्लो तीन दिनदेखिको घटनाका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।

देश जो’गा’उनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि ह’ति’या’रस’हित मैदानमा उ’त्रि’एका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उ’द्धार गर्ने खवर पठाए पनि उहाँले अ’स्वीकार गर्नु भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले नै यु’क्रेनबाट उहाँलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उहाँले अ’स्वीकार गरेको जनाएका छन् ।

अमेरिका अधिकारीहरूलाई उहाँले जवाफ दिनुभएको छ, “यहाँ ल’डा’इँ भ’इ’र’हेको छ, मलाई ह’ति’या’र चा’हि’ए’को छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका वि’रु’द्ध’मा ल’ड्ने’छु ।” विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहनु भएका उहाँको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।

जबसम्म शत्रुले आ’क्र’म’ण ग’रिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उहाँले आफू यु’द्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राख्नु भएको छ । यस्तै  युक्रेन र रुसबीचको यु’द्दमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ । बेलायती राजकुमार विलियम र उहाँकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाउनु भएको हो ।

“बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उहाँहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ । राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उहाँकी श्रीमतीलाई भेटेको स्मरण पनि गर्नु भएको छ ।

उहाँहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गर्नु भएको छ । “हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्,” उहाँहरूले सन्देशमा उल्लेख गर्नु भएको छ । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्