अन्तिम पल्ट भेट्न आउ भन्ने गायक डम्बर नेपाली कुकुर नै बनेका हुन् त ? (भिडियोसहित)




काठमाडौं :

चर्चित गायक डम्बर नेपालीको ‘बिग्रेको मान्छे २’ को ‘कुकुरकै जुनि भयो’ सार्वजनिक भएको छ।

युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइको उक्त गीतको शब्द, संगीत गायक नेपाली स्वयमकै हो। गीत युट्युबमार्फत् प्रिमियर भएको हो।

दुई दशकदेखि संगीत साधनामा क्रियाशिल नेपाली हरेक पटक गीत ल्याउँदा फरक पन दिने गर्छन्। ‘यो गीतबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ, युवा पुस्ताहरुले रुचाइ दिनुभएको छ’, गायक नेपालीले इताजाखबरसँग कुरा गर्दै भने, ‘गीतमा निक्कै मेहेनत गरेका छौँ।’

युवा पुस्ताहरु पैसा कमाउने तर पैसा नबचाउने, साथीभाइको लागि ज्यान दिने तर आफ्नै जिन्दगी मुनि भएको र कुकुरको जुनि भएको गायक नेपालीले गीतमा व्यक्त गर्छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्