रश्मिका मन्दना र विजय देवेराकोन्डा बिहे गर्दै !




काठमाडौं :

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा पुष्पाले पूरा भारतभर फैलायो। यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्।

रश्मिकाको चर्चा अहिले उनको फिल्म र करिअरले मात्र भइरहेको भने छैन। उनको प्रेम जीवनबारे पनि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा थुप्रै खबर आइरहेका छन्। खबरअनुसार रश्मिका अहिले ‘अर्जुन रेड्डी’ का अभिनेता विजय देवेराकोन्डासँगको प्रेम सम्बन्धमा छिन्। उनीहरू धेरैपटक सँगै देखिएका छन् र उनीहरू सम्बन्धमा रहेको कुरा उनीहरूनिकट व्यक्तिहरूले दावी पनि गरिरहेका छन्।

रश्मिका र विजयका प्रशंसकहरूका लागि योभन्दा अझै रोचक कुरा भनेको चाहिँ उनीहरूको बिहेको खबर हो। निकट स्रोतका अनुसार उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा रहेको बलिउड लाइफले जनाएको छ। तर हालै इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा रश्मिकाले बिहेबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्। हालसम्म विजय र रश्मिका कसैले पनि आफूहरूको सम्बन्धबारे बोलेका छैनन्।

त्यसमा भने उनले बिहेका लागि अझै आफ्नो उमेर नपुगेको बताएकी थिइन्। ‘खै, बिहेका बारेमा के भन्ने हो भन्ने मलाई थाहा छैन। म यसका लागि अझै सानै छु। यसबारे मैले केही सोचेकी छैन,’ २५ वर्षीया रश्मिकाले भनेकी थिइन्, ‘तर मलाई लाग्छ, बिहे त्यस्तो मान्छेसँग गर्नुपर्छ जसले आफूलाई सहज बनाउँछ।’

यसअघि विजयले पनि बिहेबारे आफ्नो विचार व्यक्त गरेका थिए। उनले बिहे अगाडि आफू परिपक्व हुन आवश्यक रहेको बताएका थिए। ‘जब समय आउँछ तब म बिहे गर्छु नै। तर त्यसअघि म मानसिक रूपमा परिपक्व हुन जरूरी छ,’ ३२ वर्षीय विजयले भनेका थिए। फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्