भाबुक हुदै पलले सार्बजनिक गरे यस्तो भिडियो : मलाई फसाउदै यहाँ सम्म ल्याईएको कुरा एक-एक सबै भन्ने छु !




काठमाडौ ।

एक जना १७ वर्षीया बालिकाले उजुरी दिएपछि फरार रहेका अभिनेता पल शाह अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् । उनले आफै आइतवार आफै आ’त्मस’मर्पण गर्ने बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, म एकदम वेकसुर छु मलाई पहिलो दिन देखि नै फसाउन खोजिएको थियो । म वेकशुर भए पनि मेरो पारिवारिक समस्याका कारण र मेरो स्वास्थ्यका कारण उजुरी परेपछि सम्पर्क विहिन भएको थिए ।

उनले भनेका छन्, म मेरो परिवारको अभिभावक भएका कारण घर ब्यवहार पनि मैले नै मिलाउनु पर्ने भएकाले म त्यतै तिर लागेको थिए । म प्रहरी सामु गएपछि मेरो परिवारलाइ जे पनि हुनसक्थ्यो । केही ब्यवहार पनि मिलाउनुपर्ने थियो । साथै मेरो स्वास्थय पनि ठिक थिएन । त्यसैले म केही दिन प्रहरीको सम्पर्कमा नगएको हुँ । यसको मतलब मैले प्रहरीलाई नसघाउने भन्ने होइन । म अब आइतवार प्रहरी सामु उपस्थित हुनेछु ।

उनले भिडियोमा आफु निर्दोश भएको दावी पनि गरेका छन् । उनले भिडियोमा आफ्नो फिल्मको प्रमोशन पनि गर्न छोडेनन् । आफुले अभिनय गरेको फिल्म अहिले हलमा चलिरहेको र त्यसलाई दर्शकले निकै माया गरेको आफुले थाहा पाएका कारण खुसी पनि लागेको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्