रानिधाराको भिरबाट टिप्पर ख-स्दा २३ वर्षिय दिपकको मृत्यु




डडेल्धुरा-डडेल्धुरा जिल्ला सदरमुकाममा नजिक टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिप्पर चालक अजयमेरु–२ का २३ वर्षिय दिपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानिधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो । उक्त टिप्परमा दुई जना सवार रहेको बताइएको छ । करिव दुई सय मिटर तल टिप्पर खस्दा चालकको मृत्यु भएको हो । तस्वीर : धनबहादुर भण्डारी

त्यस्तै, बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क बहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ । शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected]com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्