अस्पताको शौचालयमा फेला पर्यो साल-नाल सहितको शिशुको शव




काठमाडौ । अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेपछि प्रहरीले आमाको खोजी सुरु गरेको छ । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परे पनि प्रहरी अनुसन्धानमा जुटेको छ । आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

यो अर्को समाचार, काठमाडौं महानगरपालिका १ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट नगद चोरी गर्न एटीएम फोर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।

सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटीएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्