प्रहरी सामु आत्मसमर्पण गर्न हिँजो नै तनहुँ पुगेका थिए अभिनेता पल शाह




काठमाडौ । अहिले नेपाली फिल्म क्षेत्रका नायक पल शाह फरक कामले चर्चित भएका छन् । एका तिर उनको फिल्मले राम्रो ब्यापार गरेको छ भने अर्को तिर उनलाई एक १७ वर्षीया किशोरी गायीकाले आफुलाई इच्छा विपरित कर णी गरेको भन्दै पल विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । किशोरीले उजुरी दिएको झण्डै ५ दिन पछि अहिले उनी प्रहरीको सम्पर्कमा पुगेका छन् ।

पललाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । उनी आफै प्रहरी सामु आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेका थिए । सामाजिक सञ्जालमा निकै तर्क वितर्क चलिरहेको थियो । उजुरी परेपछि पनि सम्पर्क विहिन भएका उनले प्रहरी सामु आत्मसमर्पण गर्नु अघि एक भिडियो सार्वजनिक गरेका थिए ।

आजै बिहानमात्रै सार्वजनिक गरेको भिडियोमा पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्वास्थ्य स्थिति बिग्रेको, घरव्यवहार मिलाउनु परेको र चलचित्र प्रदर्शन भइरहेको कारण समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्