पललाइ निर्दोष सावित गर्नेसक्ने एउटा यो हुनसक्छ बलियो प्रमाण !




तनहुँ :

नाबालिग कर णीको आराेपी अभिनेता पल शाहले प्रहरीसमक्ष आ’त्म’स’म’र्प’ण गरेका छन् । चार दिनअघि ब तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फ’रार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आ’त्म’स’म’र्प’ण ग’रेका हुन् । तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेकाे छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छाैँ,´ खड्काले न्युजभने ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छि’रे’का थिए । उनले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पलले बिहीबार साँझ ६ वटा फरक अडियो सार्वजनिक गरेका थिए ।

भिडियो निर्देशक सरोज ओली, गायक तथा मोडल दुर्गेश थापा, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूविरुद्ध ष’ड्यन्त्र गरेको शाहको आरोप थियो । अडियो कुराकानीमा एउटी महिलाको स्वर सुनिन्छ । ती महिलालाई पुरुषहरुले भनेका छन्, ‘अब अरुबाट त्यसलाई गिराउन सकिन्न, त्यसलाई पतन बनाउने तिमीले मात्र हो ।’

सो घटनामा आफूहरु देखिन नमिल्ने भन्दै दुईजना पुरुषले ती किशोरीलाई पल विरुद्ध मु द्दा अघि बढाउन आग्रह गरेका छन् । ‘विवाह ग’रिहा’लेमा के गर्नु ?’ अडियोमा महिलाको स्वर सुनिन्छ, ‘त्यो भन्दा अगाडि नै गर्नुपर्छ ।’

अडियोबारे के हुन्छ ?

पल प्रकरणमा सामाजिक सञ्जालमा छ’रप’स्ट भएको अडियोबारे के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रहरी र सरकारी वकिल कार्यालयले किशोरीको तर्फबाट अनुसन्धान र बहस गर्छन् । सरकारी निकायले सो अडियोलाई अन्देखा गर्छन् । तर, मुद्दाको बहस गर्दा पल शाह पक्षका कानुन व्यवसायीले सो अडियोलाई प्रमाण लगाउन माग गर्न सक्छन् ।

रातो पाटीमा छापिएको समाचार अनुसार परीक्षण गरिएको अडियोलाई अदालतले प्रमाण मान्ने बताउँछन् वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल । कुरा गर्दै खरेलले भने, ‘विशेष अदालतले परीक्षण नै नगरेको अडियोलाई पनि प्रमाण मानेको उदाहरण छ तर, परीक्षण गर्दा बिचमा क्लिप नकाटेको अडियोलाई हाम्रो अदालतले प्रमाणको रुपमा स्वीकार गरिरहेको छ ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोसँग आवाज हो कि होइन भनेर परीक्षण गर्न मिल्ने प्रविधि छ । अमेरिकी सरकारले दिएको भ्वाइस स्पेक्टर्म एनालाइजर मार्फत अडियो परीक्षण गरिन्छ । एनालाइजरले ८० प्रतिशत आवाज मिलेको रिपोर्ट दिएमा त्यसलाई अदालतले प्रमाणको रुपमा लिने गरेको छ ।

पल शाहको मुद्दा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक अडियोबारे ‘नदेखेझैं’ गर्नेछन् । तर, डिफेन्स लयर्सले त्यसबारे कुरा उठाएमा अदालतको आदेशमा परीक्षण हुनसक्छ ।

अडियो परीक्षण गर्दा अडियो क्लिप का’टे’को हुनु हुँदैन । क्लिप का’टे’को भिडियो र अडियोलाई चाहिँ अदालतले प्रमाण मान्दैन । अमरेन्द्र कर्णको मुद्दामा भिडियो क्लिप बिचमा का’टे’को भन्दै सर्वोच्चले प्रमाणको रुपमा नमिल्ने भनेको थियो ।

भ्वाइस स्पेक्टर्म एनालाइजर मेशिन नेपालमा आउनुअघि अदालतले अडियोलाई प्रमाण मान्ने गरेको थियो । सो डिभाइस आउनुअघि अडियोमा बोल्ने व्यक्तिले स्वीकार गरेमात्र अदालतले प्रमाण मान्ने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता खरेल । आफ्ना विरुद्ध प्रतिकुल हुने कुरा झिकेको (क्लिप का’टे’को) अवस्थामा चाहिँ प्रमाण लाग्दैन ।

पल शाह विरुद्ध ष’ड्यन्त्र गरिएको अडियोबारे अनुसन्धान गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा तनहुँका एसपी राजेन्द्रबाबु रेग्मी भन्छन्, ‘हामी जाहेरी अनुसारको मुद्दालाई बलियो हुने प्रमाण सं’कलन गरेर सरकारी वकिल कार्यालयमा पेस गर्छौं ।’

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्