नेताले भित्र गरे एमसीसी पास गर्ने सहमति, कार्यकर्ता विरोध प्रदर्शनमा




काठमाण्डौ । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सडकमा प्रदर्शन थालेका छन् । माओवादीका भातृ सङ्गठनका कार्यकर्ताले काठमाण्डौको नयाँ बानेश्वरमा एमसीसीविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आज आइतवार बिहान मात्रै माओवादीको पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

यस्तै सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि व्याख्यात्मक घोषणासहित आजैको संसदबाट एमसीसी अनुमोदन गर्ने सहमति भएको छ । तर माओवादीका कार्यकर्ताले भने नेतृत्वले दोहोरो कुरा गरेको र नागरिकको आँखामा छारो हाल्ने काम गरेको भन्दै सडक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसीसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ गएको बिहीवारदेखि नियमित छलफल गर्दै आएका थिए । हिजो शनिवार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले एमसीसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पुर्‍याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्