पल र गायिका प्रकरणमा ३६ घन्टा हिरासतमा थुनिएका बिजय पुनले सुनाए जेल भित्रको पिडा (भिडियो सहित)




काठमाडौं :

भिनेता पल शाह फ’रा’र भएपछि प्रहरीले उनका नजिकका कलाकारहरु र आफन्तहरुलाई पनि सोधपुछ गरेको थियो । एक किशोरीले पल विरुद्ध तनहुँ प्रहरीमा इच्छा विपरित कर णी गरेको अभियोगमा उजुरी दिएकी थिइन् । त्यसपछि पल फरार भए । पललाई ५ दिन सम्म पनि फेला पार्न नसकेपछि प्रहरीले उनका नजिककाहरुलाई बोलाएर सोधपुछ गरेको थियो ।

पलका नजिकका रहेका मोडल तथा कलाकार बिजय पुनलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई प्रहरीले ३६ घण्टा आफ्नो नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले फिल्म हेर्दा हेर्दै हलमै फोन गरेको थियो । उनलाई भोलीपल्ट प्रहरीले लिएर गएको थियो । प्रहरी हिरासतवाट वाहिर आएपछि आफुलाई प्रहरीले के के प्रश्न सोधे, कस्तो ब्यवहार गरे भन्ने कुरा खुलाएका छन् ।

उनले आफुलाई प्रहरी कार्यालय भित्रै लगेर सोधपुछ गरेको बताएका छन् । आफुसंग सुदर्शन थापा, पुजा शर्मा लगायत केही कलाकारहरुको बारेमा पनि प्रहरीले सोधपुछ गरेको बताएका छन् । त्यती बेला उनको मोवाइलमा फोन आए पनि प्रहरीलाई सुनाउने गरेको बताए । प्रहरीले विजयको फोन पनि नियन्त्रणमा लिएर राखेको पनि बताए ।

आफुलाई एक दिन अरु राख्ने बताएपछि भने डर पनि लागेको बताए । उनलाई प्रहरीले मेडिकल जाँच पनि गराएको थियो । फोन प्रहरीले आफै लिएर सबै र म्यासेज जाँच गरेको पनि बताए । उनीसंग भएको घडी पर्स लगायतका सबै कुरा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताए । आफुलाई अरु १७ जनाहरुसंगै राखेको बताए । प्रहरीले हिरासतमा लगेपछि भने आफुलाई नराम्रो लागेको बताए । भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्