युक्रेनका राष्ट्रपतिलाई पक्राउ गर्ने रुसी सैनिकहरुको प्रयास असफल




एजेन्सी ।

रुसले युक्रेनमा शनिबार पनि आ’क्र’मण जारी राखेको बताइएको छ । शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आ’क्र’मण गरेका थिए ।

त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले बताउनुभएको छ । उहाँले गएराति रुसको सेनाले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको बताउनुभएको हो ।

रुसले आ’क्र’मण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् ।

राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

शुक्रबार नै किभ पुगेको रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यहाँ आमरूपमा सेना परिचालनको आदेश दिनुभएको छ ।

यहाँ अतिरिक्त ड्युटीमा रहेका र जगेडामा रहेका सेनालाई काममा बोलाइएको छ । त्यसैगरी यहाँका युवा जनशक्तिले पनि रुसी सेनाका विरुद्धमा ल’ड्नुपर्ने भएको छ ।

यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ । तर आफू आत्मसमर्पण गर्ने र देश छोडेर भाग्ने पक्षमा नरहेको उहाँको दाबी छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्