संसदमा बेहोस भएर ढलिन् एक महिला मर्यादा पालक




काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा एक जना मर्यादा पालक वेहोस भएका छन् । एक जना महिला मर्यादा पालक वेहोस भएर ढलेको बताइएको छ । आइतवारको संसद बैठक निकै रोचक छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सैद्धान्तिक छलफल चलिरहेको छ।

नेकपा एमालेका सांसदहरुले भने संधै झै आइतवार पनि संसद अवरुद्ध गर्ने प्रयास गरेका छन् । उनीहरुले नारावाजी गरेका थिए । एमाले सांसदलाई रोक्ने क्रममा मर्यादा पालक वेहोस भएर ढलेकी हुन् ।

एमसीसीका बारेमा अहिले सांसदहरुले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । यसमा सांसदहरूले भाग लिएर आफ्ना धारणा राखिरहेका छन्। एमाले सांसदहरूले भने वेल घेराउ गरिरहेका छन्। एमालेले विरोधमा वेल घेराउ गरिरहे पनि एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिए।

यस अघि पनि संसदमा रावलले भनाई राखेका थिए । एमालेले संसदमा भाग नलिएका बेलामा एमालेकै सांसदलाई बोल्न दिएको भन्दै सो पार्टीले भने विरोध गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्