पल शाहलाई आजै अदालतमा पेस गरिँदै




काठमाडौं :

ज’बरज’स्ती क’र’णी आरोप लागेपछि आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका अभिनेता एवम् मोडल पल शाहलाई अदालतमा पेस गर्ने तयारी भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले आइतवारै जबरजस्ती करणी उद्योगअन्तर्गत उनलाई अदालतमा पेस गर्ने तयारी गरेको हो। अदालतबाट म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाउनेछ।

गत बुधबार एकजना नाबालिग गायिकाले ३२ वर्षीय शाहमाथि ज’बर’ज’स्ती क’र’णी आरोपसहित जाहेरी दिएकी थिइन्। त्यसपछि एकाएक सम्पर्कविहीन भएका शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि पक्राउ गरिएको हो।

मुलुकी अपराध संहिता अनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। पहल शाहले क’र’णी ग’रे’को ठहर भएमा यही सजाय हुनसक्छ। कानुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमा यौ’नसम्ब’न्ध ग’रे पनि ब’ला’त्का’र मानिन्छ।

सुरुमा बिहे गर्छु भनेर पल शाहले क’र’णी गरेको पीडितको गुनासो छ। तर विवाह नगर्ने बताएपछि घटना सार्वजनिक भएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्