युक्रेनमा आ-क्रमण गरेको विरुद्ध उभिईन रुसी राष्ट्रपति पुटिनकी छोरी




काठमाडौं।

रुसले युक्रेनमाथि गरेको आ’क्र’म’णको रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनकी धर्मपुत्रीले समेत विरोध गरेकी छिन् । रुस र युक्रेनबीच बिगत ५ दिनदेखि यु’द्ध जारी छ । रुसले युक्रेनका विभिन्न शहरलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । रुसले युक्रेनमाथि गरेको आ’क्र’मणको विश्वका धेरै देशले विरोध पनि गरिरहेका छन् । स्वयं केही रुसी नागरिकहरुले पनि रुसको आ’क्र’मणको निन्दा गरिरहेका छन् ।

समाजिक सञ्जालमा रुसीहरुले ‘नो वार’ ह्यासट्यागका साथ प्रचार गरिरहेका छन् । जसमा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनकी धर्मपुत्री पनि समाबेस रहेकी छिन् । रुसी राष्ट्रपति पुटिनले यु’द्धको आदेश दिएपछि रुसी सेनाले युक्रेनका विभिन्न शहरलाई निसाना बनाएका छन् । यस यु’द्धमा दर्जनौले ज्यान गुमाएका छन् ।

बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार रुसी राष्ट्रपति पुटिनकी धर्मपुत्री केसेनिया सबचक र रुसी कलाकारहरुले युक्रेनमाथि आफ्नो देशले गरेको आ’क्र’म’ण विरुद्ध सर्वजनिक रुपमा आ’क्रो’श व्यक्त गरेका छन् । सबचक रुसकी समाजबादी धारकी नेतृ हुन् । उनी राष्ट्रपति पदको उममेदवार समेत बनेकी थिईन् । रुस र युक्रेनबीचको यु’द्धलाई लिएर सोसल मीडियामा सबचकले लेखेकी छिन् –‘युद्ध सुरु भइसकेको छ, यो यु’द्ध हाम्रो भूमिमा होइन तर, हाम्रा जनतासँग भएको छ । रुसीहरुले आउने केही वर्ष सम्म आजको परिणमको सामना गर्नुपर्छ’ ।

रुसी कलाकार,खेलाडी, सामाजिक अभियन्ता लगायतले समेत युक्रेनप्रति सहाभुति राख्दै रुसी आ’क्र’मण’को निन्दा गरेका छन्

एजेन्सीको सहयोगमा

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्