तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका अभिनेता शाहलाई अनुसन्धानका लागि फेरी गैंडाकोट लगिदै




काठमाण्डौ । अभिनेता पल शाह विरुद्ध उनै किशोरी गायीकाले फेरी गैंडाकोट प्रहरीमा पनि उजुरी दर्ता गराएकी छन् । तनहुँ प्रहरीमा पलले आत्मसमर्पण गरे लगत्तै गायीका किशोरी आफ्ना बुवालाई लिएर गैँडाकोट प्रहरी कार्यालयमा अर्को उजुरी लिएर पुगेकी छन् । उनले आफुलाई गैँडाकोटमा पनि पलले इच्छा विपरित कर णी गरेको आरोप लगाएकी छन् ।

पाँच दिनअघि उनीविरुद्ध तनहुँमा उजुरी परेको थियो । त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेर पलको खोजी गरेको थियो । उनी आजै प्रहरी सम्पर्कमा पुगेका हुन् । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार सम्पर्क गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै कर णी गरे पनि त्यसलाई गैर कानुनी मानिन्छ । गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेको आरोप लगाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्