बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन




काभ्रेपलाञ्चोक :

बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् ।

पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ ।

पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ । फाइल तस्विर

एक लाख ४२ हजारले लगाए कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका हुन् ।यस्तै बुस्टर डोज भने चार हजार ३०१ जनाले मात्र लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका २४ हजार ३९९ ले खोपको पहिलो मात्रा र २२ हजार ६९५ ले पूर्ण खोप लगाएका छन् । यस्तै पाटन नगरपालिकाका १६ हजार १७ले खोपको पहिलो मात्रा र २६ हजार ४९५ जनाले पूर्ण खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकाका २१ हजार ३४०ले पहिलो र १८ हजार ४६३ जनाले पूर्ण खोप लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकाका १३ हजार ७८५ले पहिलो मात्रा र १० हजार ८४१ जनाले पूर्ण खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकाका १७ हजार ७३३ ले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन् ।

दोगडाकेदार, सुर्नया पञ्चेश्वर, शिवनाथ, सिगास गाउँपालिकाका बासिन्दाले पनि पहिलो खोप लगाइसकेका र पूर्ण खोप गउनेहरूको संख्या पनि बढदै गएको बताइएको छ । जिल्लामा १२ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको र सबै स्थानीय तहबाटे खोप अभियान निरन्तर चलिरहेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्