गगन थापाले भने, ‘व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी खारेज हुन्छ’




काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपालको संसदले पास गरेको व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी अघि नबढ्ने र खारेज हुने बताएका छन् । उनले नेपालको कानुन भन्दा कुनै पनि कुरा माथि हुन नसक्ने बताएका छन् । ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्नु पर्ने र त्यो अमेरिकाले पनि स्वीकार गर्नुपर्ने उनको भनाई छ ।

उनले व्याख्यात्मक घोषणा संसदमा छलफल हनुपर्ने र त्यो सहित एमसीसी पास हुनुपर्ने बताए । व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्ने र नमाने सम्झौता अगाडि नबढ्ने बताए ।

‘व्याख्यात्मक घोषणा यहाँ छलफल होस्,’ संसदको छलफलमा थापाले भने, ‘त्यसमाथि छलफल गरेर पारित गरौं । त्यो पारित गरेपछि अमेरिकाले मान्छ कि मान्दैन ? मान्छ । मान्नुपर्छ । नमानेदेखि सन्धि अगाडि बढ्दैन ।’

उनले व्याख्यात्मक घोषणा सहित पारित गरेपछि एमसीसी सम्झौता पारित गर्ने र दुवै अमेरिका पठाउने उनको भनाई छ । अमेरिकाले पनि व्याख्यात्मक घोषणा स्वीकार गर्नुपर्ने उनको भनाई छ । त्यसो नभए एमसीसी खारेज हुने बताए ।

संविधानमा लेखिए भन्दा तलमाथि भए सम्झोता खारेज हुन्छ भन्ने संकल्प सबैले बोक्नुपर्ने थापाले बताए । उनले भने, ‘सन्धिमा लेखिएको भन्दा एउटा अक्षर पनि तलमाथि भयो भने त्यही क्षण सम्झौता खारेज हुन्छ भन्ने संकल्प हामीले बोक्नुपर्छ ।’

एमसीसी सम्झौता संविधानभन्दा माथि हुन्छ भनेर भनिएको भन्दै उनले त्यसलाई हावादारीको संज्ञा समेत दिए । ‘संविधानभन्दा माथि हुन्छ भनेका छौं,’ थापाले भने, ‘हावादारी कुरा गर्ने ? नेपालको संविधानभन्दा माथि केही हुन्छ ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्