मोटरसाइकल र माइक्रो ठो’किँदा आ’गलागी, ५ जना घाइते




दाङ :

दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठो’किँदा हायस माइक्रोमा आ’गो ला’गेको छ ।

आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठो’किँदा आ’गला’गी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गा’डी ज’लेर पू’र्ण रुपमा न’ष्ट भएको छ ।

आ’गला’गी भ’एको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आ’क्रो’श पोखेका छन् ।

दुर्घटनामा परेर तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षका रमेश वली, माइक्रो चालक तुलसीपुर ७ पर्नीका करण परियार र उनका भाइ २४ वर्षका कमल परियार घाइते छन्। करण र रमेशलाई थप उपचारका लागि बाँके लगिएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको यात्रुबहाक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा ठक्कर खाएको थियो।

दुर्घटनापछि मोटरसाइकलको ट्याङ्की फुटेर आगलागी भएको थियो। आगलागीले माइक्रो र मोटरसाइकल जलेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्