आगामी २४ घन्टा युक्रेनका लागि महत्वपूर्णः जेलेन्स्की




एजेन्सी, किभ :

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर यु’द्ध च’लि’रहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अ’तिक्र’मण’पछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।

यसैबीच, रुसी सेनाले यु’क्रेनको दोस्रो ठूलो सहरमा ह’म’ला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको प’रमा’णु ब’ललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । उनले नेटोको “आ’क्रा’म’क व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ। रुसी सैनिकहरू अहिले बिस्तारै राजधानी किएभतर्फ बढेका छन्।

युक्रेनमा अहिले अन्योलको स्थिति छ र घटनाक्रम ती’व्र गतिमा विकसित भइरहेको छ।रुसी सैनिकहरू पूर्वमा पृथक्तावादीहरू भएको डोन्बास क्षेत्र, उत्तरमा बेलारुस र दक्षिणमा क्राइमियासहित धेरैतिरबाट युक्रेन छि’रेका छन्।

अधिकांश सङ्घर्ष पूर्वमा केन्द्रित छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभका बासिन्दाहरूका अनुसार रुसी र युक्रेनी सेनाबीच सङ्घर्ष जारि छ आवासीय भवनका झ्यालहरू थ’र्कि’ने गरेका छन्।उत्तरमा राजधानी किएभ र दक्षिणमा बन्दरगाह सहर ओडेसा र मारिऊपोलमा दोहोरो भि’ड’न्त भएका विवरणहरू प्राप्त भएका छन्।

रुसले युक्रेनी सैन्य आधारशिविर र विमानस्थललाई निसाना बनाएर हवाई आ’क्र’म’ण गरेको छ। किएभनजिकै रहेको एउटा महत्त्वपूर्ण विमानस्थलमा ठूलो सङ्घर्ष भइरहेको बताइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्