यी हुन् विश्वकै कान्छा अर्बपति ६ बर्षका बालक, जसको छ बंगला, आफ्नै जेट प्लेन, लग्जरी कार




एजेन्सी ।

९ वर्षको बच्चालाई के होला ? कपडा, क्रिकेट किट, भिडियो गेम, खेलौना, किताबहरू, रंगीन पुस्तकहरू र थप केही खेलौना त होला । तपाईको यो अनुमान सही छैन । संसारमा यस्तो ९ वर्षको बच्चा छ जससँग बंगला, कार, जेट सबै छ । उनि संग बंगला, कार, जेट सबै छ भन्दा सबै छक्क पर्छन ।

संसारको सबैभन्दा कान्छो अर्बपति बच्चा नाइजेरियाका मोहम्मद अवल मुस्तफा विश्वकै कान्छो अर्बपति हुन् । @momphajnr नामको इन्स्टाग्राममा यो बच्चाको खाता देखेर ठूला धनी पनि छक्क पर्छन् । अवल मुस्तफासँग अति महँगो गाडी मात्र हैन एउटा निजी जेट पनि छ । यति मात्र होइन, ६ वर्षको उमेरमा खरिद गरेको उनको आफ्नै बंगला छ ।

मिडिया रिपोर्टका अनुसार अवल मुस्तफा नाइजेरियाका धनी सेलिब्रेटी इस्माइलिया मुस्तफाका छोरा हुन्। यी बालकको इन्स्टाग्राममा ३० हजारभन्दा बढी फलोअर्स छन् । सन् २०१८ मा मोम्फा सिनियरले मोम्फा जूनियरलाई उनको ६औं जन्मदिनमा एउटा घर उपहार दिए । जुन उनकै नाममा पास गरियो ।

अवल मुस्तफाको इन्स्टाग्राम हेर्नुभयो भने हरेक पोष्टले समृद्धि झल्काउँछ। मुस्तफाको उमेरमा हामी खेलौनालाई लिएर पक्कै झगडा गर्थियौँ । अहिलेका बच्चाहरुकोपनि जीवन यही न हो । तर उनी आफ्नै घरमा सुखसयलको जीवन बिताइरहेका छन् । उनी अहिले विश्वकै कान्छो अर्बपतिको रुपमा परिचित छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्