जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई ल’डा’कु जेट सहित ह’तिया’र




एजेन्सी, किभ :

रुसी सेनाकाे वायु तथा स्थल ह’म’ला’लाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई ह’ति’या’र सहयोग गर्ने भएको छ । किभको अनुरोधमा इयुले ल’डा’कु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।

‘हामीहरुले ल’डा’कु जेटसमेत प्रदान गर्न लागिरहेका छौं । हामी केबल ह’ति’या’रको मात्र कुरा गरिरहेका छैनौं । युक्रेनलाई यु’द्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण ह’ति’या’र प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने ।

यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका ल’डा’कु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न १ हजार एन्टि–ट्याङ्क ह’ति’या’र र भूमिबाट वायुमा मा’ ‘र हा’न्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ ।

त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई ह’ति’या’र सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आ’क्र’म’ण गरेपछि स्वीडेनले पहिलो पटक यु’द्ध क्षेत्रमा ह’ति’या’र पठाएको हाे ।

राष्ट्रसंघअन्तर्गतको शरणार्थी सम्बन्धी निकायले रुसी ह’म’ला’मा दशौं हजार विस्थापित भएको जनाएको छ । अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन्। यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले यु’द्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्