घटना भएको १६ वर्ष सम्म कहाँ लुकेर बसेका थिए यि जोडी ?




काठमाडौ । घटना भएको १६ वर्ष सम्म फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु ज्यान लिएर फरार भएका थिए । अदालतले दोशी ठहर गर्दै कै द सजाय सुनाइएका उनीहरु १६ वर्ष सम्म फरार थिए । जयपृथ्वी नगरपालिका(७ ज्याडाका मीनबहादुर भण्डारीको ज्यान लिएको घटनामा उनीहरुलाई अदालतले दोशी ठहर गरेको हो । ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो।

नेपाल भारतको सीमानाका गड्डाचौकी हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शनिवार पक्राउ गरिएको विष्टले बताए।

पुनरावेदन अदालत डोटीले २०६६ असार ८ गते रामदेवी रानालाई तीन वर्ष र सर्वोच्च अदालतको २०६९ वैशाख २२ गते वीरेन्द्र रानालाई २० वर्ष कै द सजाय सुनाएको थियो। फैसलापछि उनीहरु दुवैजना फरार रहेका थिए।

वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हिरादेवी राना घटनामा संलग्न थिए । उनीहरुले घरेलु हतियार ब ञ्च रो र हँ सि या प्रयोग गरी भण्डारीको ज्यान लिएका हुन् । घटनामा संलग्न प्रकाश यसअघि नै धनगढीबाट पक्राउ परिसकेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्