रुसी आ’क्रम’णको विरोधमा शान्ति समाजद्वारा काठमाण्डौमा प्रदर्शन




काठमाडौं :

मानव अधिकार तथा शान्ति समाजले सोमबार विहान काठमाडौंमा रुसले युक्रेनमाथि गरेको आ’क्र’म’णको विरोध गर्दै प्रदर्शन गरेको छ ।

रुसलाई तत्काल यु’द्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित समाजले प्रदर्शन गरेको हो ।

काठमाण्डौको बौद्धनाथ अगाडि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आ’क्रम’णको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । शान्तिवादीहरुले हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।

आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रुसको आ’क्र’म’ण मानवता विरुद्धको अ’प’रा’ध हो, रुस: तत्काल यु’द्ध रोक, रुस: मानवता विरु’द्धको अ’परा’ध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस: तत्काल सैनिक फिर्ता गरि यु’द्ध रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतका व्यक्तिहरुको उपस्थिती थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्