माल्टा जान भन्दै एयर इन्डियाको जहाज चढ्न लागेका ७ जनालाई विमानस्थलवाट फर्काइयो




काठमाडौ । श्रम स्वीकृति लगायत अन्य आवश्यक कागजात विना माल्टा जान लागेका ७ जनालाई अध्यागमनले विमानस्थलवाट फिर्ता पठाइदिएको छ । उनीहरु भारत हुँदै माल्टा जान लागेको बताएका थिए । तर छानविन गर्दा उनीहरुसंग आवश्यक कागजात नदेखेपछि अध्यागमनले फिर्ता पठाइदिएको हो ।

आइतबार उनीहरु भारतहुँदै माल्टा हिँडेका थिए। श्रम स्वीकृतिसमेत नभएपछि शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। एयर इन्डियाको जहाजबाट उनीहरु माल्टा जाने तयारीमा थिए। उनीहरुसँग माल्टाको श्रम स्वीकृति थिएन। मानव त स्क रको सञ्जालमा परेको आशंकामा अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो।

आइतबार अध्यागमनबाट फिर्ता हुनेमा ललितपुरका सुजन तामाङ, धादिङका वीरसिंह तामाङ र मंगले तामाङ,सुनसरीका कुवेर कोइराला, कास्कीका अनुप लामिछाने, लम्जुङका बिमला लुँइटेल र स्याङ्जाका किरन गुरुङ रहेका छन्। मानव त स्क रहरुले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाइ गर्न थालेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्