पल शाहलाई दुईतिर मुद्दा नलाग्ने अधिवक्ताले गरे खुलासा: झुठा मुद्दा ठहरिए गायिका नै जेल जाने सम्भावना (भिडियो सहित)




काठमाडौं :

अभिनेता पल शाह अहिले प्रहरी हिरासतमा छन् । उनलाई एक जना १७ वर्षकी गायीकाले आफुलाई इच्छा विपरित कर णी गरेको भन्दै उजुरी दिएका कारण उनलाई प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

उनी किशोरीले उजुरी दिएको ५ दिन पछि प्रहरी सम्पर्कमा पुगेका छन् । अहिले तनहुँ प्रहरीले अदालतवाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । आजवाट पलसंग प्रहरीले वयान लिन थालेको छ ।

आइतवार पल तनहुँ प्रहरीमा आ’त्मसम’र्पण गरेकी दिन उनै किशोरीले फेरी नवलपुर स्थित गैंडाकोट प्रहरी कार्यालयमा पनि सोही प्रकृतिको उजुरी दिएकी छन् । आफुलाई गत चैत महिनामा अभिनेता पलले एक दिनमै सकिने कामलाई दुई दिन लगाएर कर णी गरेको आरोप लगाएकी छन् । कर णी गर्ने उद्देश्यले एक दिनमै सकिने कामलाई दुई दिन लगाएर आफुलाई गैंडाकोटको एक रिसोर्टमा कर णी भएको उल्ल्ेख गरेकी छन् ।

तर अधिवक्ताहरुले भने एकै ब्यक्ति उपर एकै घटनामा विभिन्न स्थानमा जाहेरी दर्ता हुन नसक्ने बताएका छन् । तनहुँमा उजुरी परेर त्यसको कारवाही प्रकृया समेत सुरु भइसकेको बेलामा सोही घटनालाई लिएर फेरी अर्को ठाउँमा पनि उजुरी दिन नमिल्ने र त्यसले केही फरक नपर्ने अधिवक्ताको भनाई छ ।

फौजदारी घटनामा पीडितले नै उजुरी दिन आवश्यक नभएको र अरु जो कसैले पनि उजुरी दिन पाउने भएकाले अन्य कसैले दिएको हुनसक्ने अधिवक्ताको भनाई छ । तर गैंडाकोट प्रहरीले भने अहिले सो उजुरी दर्ता नगरेको बताइएको छ । प्रहरीले त्यसवारे अनुसन्धान गरेर आवश्यक परे मात्र दर्ता गर्ने प्रहरीले जनाएको छ । बाँकि तल भिडियो रिपोर्टमा हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्