रुसका कारण विश्वकै ठूलो जहाजमा क्षति




एजेन्सी, किभ :

रुसी सेनाको कारवाहीबाट विश्वकै ठूलो जहाजमा क्ष’ति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभनजिक क्ष’ति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौ दिन मस्कोले युक्रेनमाथि आ’क्र’म’ण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् ।

रुसको कारवाहीपछि एएन–२२५ मिरियामा क्ष’ति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेना पछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज ज’लेको थियो ।

‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’ लाई रुसी अ’तिक्र’मणका’रीहरुले किभ नजिकैको मैदानमा आ’क्र’म’ण गरेका छन् । हामीले फेरि जहाज बनाउनेछौं । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौं,’ देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ ।

ट्विटसँगै युक्रेननको ट्विट ह्यान्डलमा एउटा तस्विर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरुले हाम्रो सबैभन्दा ठूलो जहाज ज’ला’एका छन, तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन् । ’

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्