पल शाहले तनहुँ जिल्ला अदालतको सामना गरे लगत्तै फेरी नवलपरासीमा पनि मुद्दा चलाइने




काठमाडौं ।

एक सातका लागि तनहुँको हिरासतमा बस्ने आदेश अदालतबाट पाएका पल शाहविरुद्धको कानुनी प्रक्रिया कसरी अघि बढ्छ रु यो कुरा सबैको चासोको विषय बनिरहेको छ यतिबेला ।

गायिकाले तनहुँमा जाहेरी दर्ता गराएको केही दिनपछि शाह आँफै प्रहरी कार्यालय पुगेसँगै प्रहरीले प्रमाण संकलनको प्रक्रिया सुरु गरेको छ । पिडित भनिएकी गायिकाका बाबुले जाहेरी दिएको र गायिका स्वयमले आँफुलाई जब र ज स्ती भएको स्वीकारेकाले शाहविरुद्ध मुद्दा दायर गर्ने करिब – करिब निश्चित भइसकेको छ ।

यसबिचमा प्रहरील्े अभिनेता शाहको बयान लिन्छ । त्यसअघि नै प्रहरीले पिडित किशोरी र उनका बाबुको बयान लिनेछ । यो आरोप पुष्टि भएमा पीडितको उमेरले गणना गर्दा शाहमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ ।

यसैबिच पिडित गायिकाले नवलपरासीमा समेत किटानी जाहेरी दिएका कारण शाहले तनहुँ जिल्ला अदालतको सामना गरे लगत्तै फेरी प्रहरीले शाहविरुद्ध नवलपरासी जिल्ला अदालतमा ब’ला’त्का’रको दोस्रो मुद्दा चलाउनेछ ।

पिडित किशोरीले गत ७ चैत २०७७ मा आफूमाथि गैडाकोट रिसोर्टमा ज ब ,र्जस्ती भएको आरोप लगाएकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्