पल घटनामा बयानका लागि योगेश काजीलाई प्रहरीले बोलायो, काठमाडौको अनामनगरमा प्रदर्शनको तयारी




काठमाडौ । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह यतिबेला अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

त्यस अघि उनले आफु विरुद्ध षडयन्त्र भएको भन्दै केही अडियो सार्वजनिक गरेका थिए । त्यो अडियो सार्वजनिक भएपछि अहिले पलका पक्षमा माहौल सिर्जना भएको छ । प्रहरी हिरासतमा रहेका नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।

पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्‍याली निकाल्ने तयारी गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आत्मसमर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्। गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्