संसदवाट पास भइसकेपछि बल्ल एमाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै




काठमाडौ । अमेरिकी सहयोग एमसीसी संसदवाट आइतवार पारित भइसक्यो । सत्ता गटठबन्धनबीच सहमति जुटेपछि एमसीसी संसदवाट पास भएको हो । तर एमसीसी संसदमा पेस हुँदा र वहस हुँदा सम्म त्यसवारे धारणा सार्वजनिक नगरकेो प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बल्ल एमसीसी बारे धारणा सार्वजनिक गर्ने भएका छन् ।

एमसीसीलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न एमालेले प्रेस वक्तव्य सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको संसद् बैठकले एमसीसी अनुमोदन गरेपछि ओलीले पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीकाअनुसार ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् ।

एमसीसी संसद्‌बाट अनुमोदन भएको बेला एमाले सांसदहरूले भने साउन २३ यताको आफ्नो नाराबाजीलाई कायमै राखेका थिए । यसपछि एमालेलाई आफ्नो आधिकारिक धारणा छुट्टै रूपमा सार्वजनिक गर्नपरेको हो । ‘विषयहरूबारे जनतालाई सुस्पष्ट पार्नका लागि एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो,’ सचिव अधिकारीले मकालुखबरसँग भनेका छन्, ‘वक्तव्यमार्फत धारणा आउँदै छ । सम्भव रहेसम्म यो आजै आउनेछ ।’

उता सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ३ बजे पत्रकार सम्मेलन गर्दैछन् । एमसीसीको पक्षमा उभिएको भन्दै आफ्नो पार्टी र आफ्नो आलोचना बढेपछि प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्