बाहिर सडकमा कार्यकर्ता उतारेर भित्र एमसीसीमा समर्थन गरेका प्रचण्डले दिए यस्तो स्पष्टिकरण




काठमाडौ । लामो समय सम्म एमसीसीको विपक्ष आन्दोलन गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सम्झौताको लागि सहमति जनाएपछि अहिले उनको पार्टी भित्रै आलोचना भएको छ । उनका कार्यकर्ता एमसीसीका विरुद्ध आन्दोलनमा उत्रिएका थिए । तर आइतवार भने प्रचण्ड लगायतका केही पार्टीको समर्थनमा एमसीसी संसदवाट पास भएको छ ।

पार्टी भित्रै आदोचना खेपेका प्रचण्डले सोमवार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका छन् । उनले एमसीसीको सम्झौतालाई सकारात्मक ढंगले ल्यान्डिङ गराउन एमसिसीका अध्यक्षलाई पत्र लेखेको स्वीकार गरेका छन् । एमसिसी सम्झौता संसदबाट पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले राष्ट्रिय सहमति बनाउने उद्देश्यका साथ पत्र लेखिएको बताए ।

उनले भने, ‘दबाब बढ्दै गएपछि मैले हामी सकारात्मक ढंगले सोच्दैछौं । सबै दलहरूबीच सहकार्य बनाउन परेको छ । अन्ततः हामी यसलाई सकारात्मक ढंगले नै ल्यान्डिङ गर्नुपर्छ भनेर पत्र लेखेँ । त्यो पत्र आएपछि मलाई त भिलेनजत्तिकै सोचियो ।’ प्रचण्डले नेकपाकालीन बेलामा आफूले नै एमसिसी सम्झौता यथास्थितिमा पारित हुन नहुने तर्क राखेको पनि बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्