सेनाको ह’ति’यार चोरी प्रकरण : हिरासतभित्र क्रु’र या’तना दिएको भन्दै चार अधिकृतविरुद्ध किटानी जाहेरी




कुलप्रसाद काफ्ले/ चितवन :

नेपाली सेनाको ह’तिया’र चोरी प्रकरणमा ज’बर’ज’स्ती कबुल गराउन हिरासतभित्र क्रु’र या’तना दिएको भन्दै पीडितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् ।

३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष सावित भएका सेनाका पूर्व जवान लवकुमार गुरुङले चार अधिकृतविरुद्ध सरकारी वकिलको कार्यालय चितवनमा आइतबार किटानी जाहेरी दिएका हुन् ।

ह’ति’या’र चोरेको आरोपमा सेनाका कालीबहादुर गण भरतपुरमा कार्यरत गुरुङ ५ पुस २०७५ मा पक्राउ परेका थिए । ह’ति’या’र चोरेको आरोपमा उनीसँगै अमल्दार सरोज तामाङ पनि जेल चलान भएका थिए । निर्दाेस सावित भएपछि १८ भदौ २०७८ मा चितवन कारागार भरतपुरबाट उनीहरु रिहा भएका हुन् ।

निर्दाेस साबित भएर जेलबाट छुटेपछि लवकुमार १ पुस २०७८ देखि लागू हुने गरी स्वेच्छिक अवकास लिए भने तामाङ अहिले पनि कार्यरत छन् । लवकुमारले सेनाका तत्कालिन महासेनानी राजेन्द्रमणी गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्धय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन् ।

आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् । सरकारी वकिलको कार्यालयले उनको किटानी जाहेरी दर्ता गरेको छ । जाहेरी दर्ताका लागि अधिवक्ता कुमारप्रसाद थपलिया र अधिकारकर्मी सिता भुजेलले सहजिकरण गरेका हुन् ।

‘म’लद्धा’र र मु’त्रनली’मा खु’र्सानीको धु’लो प’सा’इ’यो’

आरोप स्वीकार गराउनका लागि सेनाले आफ्नो नाक, मुख, म’लद्धा’र र मु’त्रनली’मा खु’र्सा’नीको धु’लो सि’रिन्जमा’र्फत प’सा’लेर च’र’म या’त’ना दिइएको लवकुमारले बताएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हँडिया स्थायी घर भई कालीबहादुर गणका तत्कालिन जवान लवकुमारले आफुलाई क्रु’र या’त’ना दि’एर ज’रज’स्ती दोषी कबुल गराइएको बताए ।

आफुलाई अनाहकमा क्रु’र या’त’ना दिने अधिकृतलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले किटानी जाहेरी दिएका हुन् । गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मा’न’सि’क र शा’री’रि’क या’त’ना दिएर ज’ब’रज’स्ती आफूलाई दोषी ठहर गरिएको जाहेरीमा उल्लेख छ ।

‘ह’ति’या’र चो’रे’को भन्दै पक्राउ गरी ह’तक’डी र आँखामा प’ट्टी बाँ’धेर, असह्य पी’डा हुने गरी कु’टपि’ट गरियो । कु’टीकु’टी बे’हो’स ब’ना’एर झ्या’लको ड’न्डीमा झु’न्ड्या’इ’यो । अनुसन्धानकै क्रममा हा’त’खु’ट्टा बाँ’धे’र नाक, मुख, म’लद्वा’र र मुत्र’नली’बा’ट खु’र्सा’नी’को ‘लो भि’जाएर सिरिन्जमार्फत भित्र प’साई च’रम या’त’ना दिइयो’ जाहेरीमा भनिएको छ ।

कसुर स्वीकार नगरेमा आफ्नो श्रीमतिलाई भारतको मुम्बईमा बे’चि’दिएर त्यहि पैसाले ह’ति’या’र किन्छु भन्दै ध’म्क्या’एर मा’नसि’क या’तना दिइएको उनले भनेका छन् । ‘या’त’ना दिने क्रममा अ’ण्ड’को’षमा डो’रीले बाँ’धे’र कतै बाँ’धि’दि’ने गरेको’, जाहेरीमा थप भनिएको छ । अहिले पनि आफुलाई बस्न, सुत्न, उठ्न अरुको सहारा आवश्यक पर्ने गरेको उनले बताए ।

कसरी निर्दाेश सावित भए ?

आफ्नै साथीको ह’ ‘त्याको आरोपमा ७ साउन २०७८ मा दि फेमश महिन्द्र दल गणमा कार्यरत सिपाही गंगाधर ढकाल पक्राउ परेपछि ह’ति’या’र चोरीको वास्तविकता बाहिर आएको हो । चोरी भएको ह’ति”र ९१००७९२ र वट नं ख २५० बाटै ढकालले सहकर्मी भरत गुरुङको ह’ ‘त्या ग’रे’का थिए ।

घटनाको वास्तविकता बाहिरिएपछि १० वर्षका लागि जे’ल चलान भएको ३० महिनापछि सैनिक विशेष अदालतबाट लवकुमार र सरोज निर्दाेस सावित भएका हुन् । ह’ ‘त्या आ’रोप लागेका गंगाधरविरूद्ध २५ वर्ष कैद सजाय तोकिएपछि उनी हाल कारागारमा छन् ।

फोटो क्याप्सन : जाहेरी दिएपछि अधिवक्ताका साथमा पीडित लवकुमार गुरुङ

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्