पल-गायिकाको बारेमा बल्ल बोले दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश,दुर्गेश थापालाई संस्थाबाटनै हटाइयो (भिडियो सहित)




काठमाडौं :

प्रहरी हिरासतमा रहेका नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।

पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्‍याली निकाल्ने तयारी गरेका हुन्। आफूविरुद्ध उजुरी परेको चौथो दिन अभिनेता पल शाह तनहुँ प्रहरीमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आ’त्मसमर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्।

गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।

यसै क्रममा यहाँ दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले पल र पिडित गायिकाको बिषयमा बोलेका छन् । साथीभाई भैसकेपछि हरेक कुराकानी शेयर गरिन्छ, सुखदुःखमा सबै कुरा खोलिन्छ यस्तो साथीहरुले नै घात गर्दाको परिणाम अहिले पल शाहले भोगेको बताएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोला

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्